समाज

सप्तकोशी नगरपालिका ४ बलार्दहका बाढीपीडितलाई राहत सामाग्री वितरण

फत्तेपुर सम्बाददाता
साउन ८ गते ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ४ बलार्दहको तुलसीचोक पश्चिम जङलका खहरे खोलाबाट आएको बाढी को प्रयाप्त निकास नहुदा डुवानमा परेका स्थानीयलाई शुक्रबार एक कार्यक्रमका बीच राहत सामाग्री बितरण गरिएको छ।
सोमबार मध्य राती आएको बाढि एक्कासि घर भित्र पस्दा घरमा भएको सबै लत्ताकपडा र अन्न पात भिजेको पिडित विष्णु राईले बताउनुभयो । घरमा भएका इलेक्ट्रिक सामान ,फोटो मेशिन ,प्रीन्टर सहित भिज्दा राइको मात्र करिब २ लाख रुपैया बराबरको सामान कामै नलाग्ने भएको छ ।

बाढिको अत्याधिक चपेटामा परेका स्थानीय अगम सिङ राई, आइ सूर्या राई, काली माया बिष्ट, नन्द कुमार राई ,दिर्घदल बस्नेत वीर बहादुर आले मगर र राजकुमारी आले मगर गरि आठ जनालाई राहत बितरण गरिएको थियो ।
राहत सामग्री अमेरिकामा बस्दै आउनुभएको गोपाल बस्नेतले उपलब्ध गराउनुभएको थियो भने राहत सामाग्रीको सन्योजन स्थानीय पत्रकार शिव आचार्यले गर्नुभएको थियो ।

पश्चिम जङलबाट आएको ठूलो बाढीको उपयुक्त निकास नहुदा चन्द्रनहर समेत फुट्न पुगेको थियो । बर्सेनि यस्तो दुखद समय झेल्नु नपरोस भन्दै स्थानीयले पानी निकासको उपयुक्त समाधानको माग समेत गरेका छन्।
राहत बितरण कार्यक्रममा वडा अध्यक्ष बद्री नारायण चौधरी ,कार्यपालिका सदस्य सर्मिला खडका, वडा सदस्य बिनोद श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
त्यसै गरी कोरोना भाइरसका कारण बन्दाबन्दीमा परि आफ्नो आम्दानीका स्रोत गुमाउन पुगेका सप्तकोसी ४ बलार्दहका थप उन्नाईस जनालाई पनि बस्नेत कै सहयोगमा राहत सामाग्री बितरण गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page