राजनीति

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरूलाई राष्ट्रपतिले प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को आजैको बैठकले लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलाई पदमुक्त गरी गुरुङ र शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page