समाज

सप्तरीमा विषालु सर्पको टोकाइबाट ७७ वर्षीया वृद्धाको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीमा विषालु सर्पको टोकाइबाट एक ७७ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ भुर्कीकी ७७ वर्षीया राधा देवी मोची रहेकी छन् ।
भ्यागुतोलाई लखेट्दै आएको सर्पले घरमा बसिरहेकी राधालाई मंगलबार साँझ टोकेको परिवारले जनाएको छ ।
राधाको सर्पदंश केन्द्र कल्याणपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घरमा कोहि नभएको बेला सर्पले टोकेको खबर पाउन साथ परिवारले सर्पदंश केन्द्र कल्याणपुरमा लगेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page