समाज

सप्तरीको कञ्चनरुप -९ मा पोखरीमा डुबेर ६५ वर्षीय बिरजु सरदारको मृत्यु

कञ्चनरुप (सप्तरी) ,२२ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकामा पोखरीमा डुबेर एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप –९ का ६५ वर्षीय बिरजु सरदार रहेका छन् ।
छोरी ज्वाईँ जितन सरदारको घर आएका उनी विष्णु मन्दिर पछाडि रहेको सन्तोष यादवको माछा पालन पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर हल्ला गर्दै हिंडेका सरदार घरदेखि एक किलोमिटरको दूरीमा रहेको कञ्चनरुप नगरपालिका मिल टोलस्थित पोखरीको डिलमा उनको लुगा र चप्पल फेला परेको थियो ।
पोखरीको डिलमा लुगा र चप्पल फेला परेपछि पोखरीमा डुबेको आशंकामा खोजी गरिएको सशस्त्र प्रहरी बल ६ नम्बर गण गोरगमाका सशस्त्र प्रहरी नायव उपरीक्षक श्याममणी ढकालले बताउनुभयो ।
गाउँलेहरुको प्रयासमा शव निकाल्न नसकिएपछि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पोखरीबाट शव निकालेको हो । उनी के कारण पोखरीमा हाम फाले भन्ने विषय खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page