समाज

सप्तरीमा सेनाको गाडीको ठक्करबाट पिकअप चालकको घटनास्थलमै मृत्यु ,दुई जना घाइते

कञ्चनरुप (सप्तरी) । सप्तरीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनि नगरपालिका १ स्थित भारदहमा बुधबार नेपाली सेनाको भ्यान र पिकअप एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पिकअप गाडीका चालक झापाको दमक नगरपालिकाका ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको १८ नम्बर बाहिनी गाईघाट उदयपुरको प्रदेश नम्बर ३–०१–००१ ग ३७२५ नम्बरको नेपाली सेनाको वान्टेन र पूर्व जाँदै गरेको मे १ च ६९२५ नम्बरको पिकअप एकआपसमा ठोकिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा पिकअपका सहचालक सुनसरी ईटहरी नगरपालिका ५ बस्ने ५२ वर्षीय भवानी र सेनाको गाडीमा सवार १८ नम्बर बाहिनी उदयपुरमा कार्यरत जमदार खोटाङ मझुवागढी नगरपालिका १० बस्ने ४२ वर्षिय जिवन गरी घाइते भएका छन् ।
दुबैजनालाई उपचारको लागि अस्पताल पठाइएको र नेपाली सेनाको गाडी र चालक नियन्त्रणमा रहेको सप्तरी प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page