समाज

कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका ४ का ५५ वर्षीय रामेखङ्ग खत्वे रहेका छन ।
आज (बिहीबार) बिहान ५ः३० बजे तिर खेती तर्फ जाने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै रहेको विपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानियबासीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटिएको थियो । मृतकको शव पोष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page