अभिनेता तथा बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृयाघातबाट उनको निधन भएको हो। मुम्बई को कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो।
भारतीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि खाएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए। अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ।
सिद्धार्थ बिग बोस सिजन १३ का विजेता हुन्। उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए।
बिग बोस विजेता तथा अभिनेता सिद्धार्थ शुक्लाको निधन












Add Comment