समाज

पोखरीमा डुबेर वीरगञ्जमा दुई बालकको मृत्यु

वीरगञ्ज । पोखरीमा डुबेर वीरगञ्जमा दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ निवासी उमेश शाहका १३ वर्षीय छोरो प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिषकुमार शाह रहेका छन् ।
शनिबार दिउँसो हराएका दुबै बालकको खोजविनको क्रममा पोखरीमा शव फेला परेको पर्साका प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page