समाज

प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष खगेन्द्र कार्कीलाई पितृशोक

कञ्चनरुप , ३ असोज । प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य खगेन्द्र कार्कीलाई पितृशोक परेको छ । अध्यक्ष कार्कीको ७४ वर्षीय बुवा अम्बर बहादुर कार्कीको आज आइतबार बिहान निधन भएको हो ।
२००४ चैत ४ गते भोजपुर जिल्लामा जन्मिएका अध्यक्ष कार्कीको बुवाको सप्तरीकोशी नगरपालिका १ फत्तेपुर स्थित आफ्नै निवासमा ७४ बर्षको उमेरमा बिहान ११ बजे निधन भएको परिवार श्रोतले जनाएको छ ।
अध्यक्ष कार्कीको बुवालाई आजै हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको जनाएको छ ।
अम्बर बहादुरको ६ जना छोरा र ३ जना छोरी रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page