समाज

सप्तरीको घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी घुस रकमसहित पक्राउ

कञ्चनरुप (सप्तरी) ,५ असोज । सप्तरी प्रहरीले घरेलु तथा साना उद्योग कार्यालय राजविराजका कर्मचारी विरेन्द्र साहलाई घुस रकमसहित पक्राउ गरेको छ ।
साहलाई सेवाग्राहीसँग १५ सय घुस रकम लिँदैगर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले सोमवार साँझ साहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कर्मचारी साहलाई आवश्यक प्रक्रिया पूरा गरि कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी पठाइएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page