समाज

सप्तरीमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

सप्तरी , ५ असोज । सप्तरीमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको जिरा भवानी गाउँपालिका–३ का ३७ वर्षीय शिवशक्ती चौधरी रहेका छन् ।
सोमवार राती पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–६ विरपुरमा बा १४ च ६२७९ नम्वरको पिकअपले ना ३७ प ३८९४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page