समाज

सप्तरीको महदेवा गाउँपालिकामा आज पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

कञ्चनरुप (सप्तरी), ६ असोज । सप्तरीमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्लाको महदेवा गाउँपालिका–२ अकबरपुरका रामचरित्र मण्डलकी ५ वर्षीया छोरी शिवानी मण्डलको बुधबार पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
घरनजिकै रहेको थान पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो।
आर्थिक वर्ष ०७८÷०७९ मा सप्तरीमा मात्र १३ जनाको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । जसअनुसार बालक ५, बालिका ४, पुरुष २ र महिला २ जनाको मृत्यु भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page