समाज

सप्तरीमा सर्पले टोक्दा एकै परिवारका दिदी भाइको मृत्यु

कञ्चनरुप (सप्तरी) ,६ असोज । सप्तरीमा सर्पले टोक्दा गए राती एकै परिवारका दिदी भाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिकाको वडा नम्बर २ सिस्वा बेल्हीका १४ वर्षीया सुनीता मण्डल र ९ वर्षीय कृष्ण मण्डल रहेका छन् ।
उनीहरुलाई राति आफ्नै घरमा सुतेको अवस्थामा सर्पले टोकेको थियो । उपचारका लागि लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो भने सुनीताको उपचारका क्रममा त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page