समाज

करेन्ट लागेर बारामा एक ३४ वर्षीय युवकको मृत्यु

बारा, ७ असोज । करेन्ट लागेर बारामा एक ३४ वर्षीय युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका ७ लक्ष्मी टोलका ३४ वर्षीय सर्फुदीन अन्सारी रहेका छन् ।
मोटरबाट बनाउँदै गरेको घरमा पानी हाल्ने क्रममा बिहीबार बिहान उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका अन्सारीलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page