समाज

सप्तरीमा आज पोखरीको पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप (सप्तरी) ,८ असोज । सप्तरीमा आज पोखरीको पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर –५ का स्थानीय मो. आजादको ३ वर्षीय छोरा रहमत अलिको घर नजिकैको पोखरिमा डुबेर मृत्यु भएको हो ।
शुक्रबार बिहान १० बजे तिर घरको पूर्व रहेको पोखरीमा खेल्ने क्रममा अचानक लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोखरीमा डुबेर सख्त घाइते बालकको उपचारको लागि राजविराज स्थित छिन्नमस्ता अस्पताल ल्याउदे गर्दा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव छिन्नमस्ता अस्पतालमा राखिएको र पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लाने तयारी गरिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष ०७८/०७९ मा सप्तरीमा मात्र १४ जनाको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । जसअनुसार बालक ६, बालिका ४, पुरुष २ र महिला २ जनाको मृत्यु भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page