समाज

सर्लाहीको मलङ्गवामा सात महिने शिशुको शव फेला

सर्लाही । सर्लाहीको मलङ्गवामा सातमहिने शिशुको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सात महिने शिशुको शव फेला परेको हो ।
शनिवार बिहान १०ः०० बजे पोखरीमा सातमहिने बालकको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अहिलेसम्म पहिचान खुलेको छैन ।
शव अहिले मलङ्गवा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । शवको विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page