स्वास्थ्य

आज १ हजार २ सय ७९ जना संक्रमणमुक्त , ८ सय ३४ जना कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा आज ८ सय ३४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ७ सय ३० जना तथा ५ हजार १ सय ४७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय ४ जना गरी जम्मा ८ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट ७ लाख ६१ हजार १ सय ५४ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६ जना पुगेको छ ।
देशभर १९ हजार १ सय ४२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page