समाज

शम्भुनाथ नगरपालिका–१२ अर्नाहाका २ वर्षीय बालकको पोखरीमा डुबी मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप (सप्तरी) । सप्तरीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१२ अर्नाहाका महानन्द सरदारको २ वर्षीय छोरा राम पुकार सरदार रहेका छन ।
शनिवार राति घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आज गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा शव परीक्षण गरी अन्य थप अनुसन्धान कार्य गरिने सप्तरी प्रहरीले जनाएको छ ।
सप्तरीमा पोखरीमा डुबेर पाँच दिनको अवधिमा ६ जनाको मृत्यु भएको छ । जिल्लामा प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी चिन्तित भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page