समाज

सप्तरीमा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका २ बेल्हाका २२ वर्षीय दिपेन्द्र मण्डल रहेका छन् ।
सोमबार दिउँसो जितिया मेलाका लागि एघार हजार भोल्ट प्रवाह भएको तारमाथि लाउडस्पिकर जोड्ने क्रममा करेन्ट लागेर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
करेन्ट लागेर सिकिस्त भएका मण्डललाई उपचारका लागि लाहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page