समाज

प्रेस चौतारी सप्तरी शाखा अध्यक्ष कार्कीको बुवाप्रति चौतारी परिवारद्वारा श्रद्धाञ्जली अर्पण

कञ्चनरुप (सप्तरी) । प्रेस चौतारी नेपाल शाखा सप्तरीले शाखाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यसमिति सदस्य खगेन्द्र कार्कीको बुवाको नवौं पूण्यतिथिको अवसरमा समवेदना प्रदान गरेका छन् । साथै स्वर्गिय बुवा अमर बहादुर कार्की प्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गरिएको छ ।
चौतारीका केन्द्रिय सल्लाहकार मनोहर पोखरेलको अगुवाईमा शाखाका पदाधिकारी एवं सदस्यहरुले सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुर कार्की निवासमा बुवाप्रति भावपूर्ण श्रध्दाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना ज्ञापन गरेको हो ।

सो अवसरमा शाखाका पुनम पोखरेल, उत्तम आचार्य, डम्बर राई, उत्सव आचार्य, पिन्टु कुमार यादव, नविन कुमार यादव, शिव प्रसाद आचार्य, दिनेश शर्मा, लगायतका सहभागिता रहेको थियो । सञ्चारकर्मीहरुको टोलीलाई आफ्नो नगरपालिकामा नगर प्रमुख उत्तम कुमार शर्मा गौतमले आफु समेत सहभागिता रही सहयोग पुर्‍याउँनु भएको थियो ।

भोजपुर जिल्लाको आमचौक गाउँपालिका १ स्थित सिमन्तुवा निवासी बुवा गुमानसिंह ( केशरजंग ) र आमा रत्नमायाको कोखबाट वि.सं. २००४ साल चैत्र ४ गते मंगलवार जन्मनु भएका अमर बहादुर कार्कीको यहि असोज ३ गते आइतवारको दिन बिराटनगरमा निधन भएको थियो ।
उहाँका बसन्त देवी, राम कुमारी र पूर्णमाया तीन पत्नी, शंकर , विश्राम, देवेन्द्र, राजेन्द्र, खगेन्द्र र जीवन छ भाई छोराहरु, गोमा, इन्दिरा, सुलोचना, राधा, पुष्पा बुहारीहरु साथै तिर्थ, गीता, एण्डिषा तीन छोरी र १३ जना नाती नातिनी र एक पनाती छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page