कञ्चनरुप (सप्तरी) । सप्तरीमा सवारी दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ का ५० वर्षीय नारायण मोची रहेका छन । सवारी दुर्घटनामा गम्भीर घाईते मोचीको शुक्रबार बिहान बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित धर्मेश्वर चौकमा बिहीबार दिउँसो स १ च १६६३ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना भएको थियो ।
सुनसरीको कोशी कटानबाट जितमहान बाबाको मुर्ती सेलाएर महुलीतर्फ आउँदै गरेको अबस्थामा दुर्घटना हुँदा पिकअपमा सवार मृतक मोचीसहित अग्नीसाईर कृष्णासवरण गाउँपालिका –६ का १६ वर्षीय सुजन साह, ४२ वर्षीय सन्तोष विश्वकर्मा, २८ वर्षीय सुरेन्द्र ठाकुर, २४ वर्षीय सन्तोष साह, २० वर्षीय रामअवतार साह र ५० वर्षीय रामचन्द्र राम घाईते भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरुको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
पिकअप भ्यान र चालक नियन्त्रणमा लिएको छ भने आवश्यक कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कञ्चनरुपमा सवारी दुर्घटनामा परी घाइते भएका नारायणको उपचारका क्रममा मृत्यु












Add Comment