समाज

कपिलवस्तुमा झाडा पखालाको प्रकोप , दुईको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा झाडा पखालाका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा पाँच वर्षीय बालक राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेका छन् ।
अहिले कृष्णनगर नगरपालिकामा झाडा पखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ५, ७, ८ र ९ वडामा सोमबार रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए ।
वडाभरि प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।
शिवराज अस्पतालमा ४० जना बिरामीले उपचार गराएका छन् । यता समुदायमा रहेका बिरामीको सङ्ख्या यकिन हुन सकेको छैन ।
प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले दुईजना चिकित्सक र प्रदेशबाट उपचार टोली आउँदै गरेको बताइएको छ । guptacharkhabar

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page