समाज

बाल्टीमा राखिएको पानीमा डुबेर बारामा दुई वर्षीया बालिकाको मृत्यु

बारा । बाल्टीमा राखिएको पानीमा डुबेर बारा जिल्लामा दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको कलैयामा उपमहानगरपालिका–२० बसन्तपुर टोल निवासी मैनोदिन मियाँकी दुई वर्षीया छोरी आयशा खातुन रहेकी छन् ।
बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार बाल्टीनको पानीमा डुबेको अवस्थामा आमाले देखेर उद्धारलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page