समाज

सप्तरीमा २० वर्षीया युवतिको झुन्डिएको अवस्थामा शव फेला

कञ्चनरुप (सप्तरी) , २० असोज । सप्तरीमा एक युवतिको झुन्डिएको अवस्थामा शव फेला परेको छ ।
जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर ६ स्थित शनि मन्दिर नजिकै जंगलमा मंगलबार रुपनी गाउँपालिका २ रायपुरका खेलानन्द चौधरीकी २० वर्षीया छोरी चाँदानी चौधरी रुखको हाँगामा झुन्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाँस काट्न गएका स्थानीयहरुले युवती झुन्डिएको देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थल पुगेको थियो ।
मृतक युवतीको शव राजबिराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल परिक्षण पश्चात परिवारको जिम्मा लगाएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
घटना बारे थप अनुसान्धन भइरहेको प्रहरीले जनाएको छ । चाँदानी गत शनिबार देखि घरबाट हराएकी थिइन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page