समाज

स्कारपिओको ठक्करबाट घाइते भएका बालकको मृत्यु

सप्तरी । सप्तरीमा स्कारपिओको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–६ का तुलसी चौधरीको १० वर्षीय छोरा सुशिल चौधरी रहेका छन । ।
ना २ च ३७५४ नम्वरको स्कारपिओले गत सोमवार बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार उपचारकै क्रममा बालकको अवस्थामा सुधार नआउने भन्दै चिकित्सकले भनेपछि घर ल्याउने क्रममा गए राति मृत्यु भएको हो ।
स्कारपिओलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page