समाज

अबैध लागूऔषध सहित सप्तरीका एक सहित तीन जना पक्राउ

सिरहा । सिरहा प्रहरीले अबैध लागूऔषध सहित सप्तरीका एक जनासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका २१ लकडीगोठ का १९ वर्षीय विमलेश कर्ण, सोही ठाउँका २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका ९ का १९ वर्षीय निकित कुमार रहेका छन् ।
उनीहरुलाई प्रहरी चौकी खिरौना सिरहा र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले सिरहा नगरपालिका १५ बुधौरा दशगजास्थितमा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बीआर ३२ एजी ५५११ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा अबैध लागुऔषध नाइट्रोभेट १० पत्ता (तीन सय ट्याव्लेट) बरामद भएकोको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page