समाज

गर्भवति/सुत्केरी, बाढिपिडित, अपाङ्गता र अतिविपन्न भएका १ सय २५ परिवारलाई राहत वितरण

उत्तम आचार्य
कञ्चनरुप , ११ कात्तिक ।
महिला कानुन विकास मञ्च काठमाडौँ थापाथलीले बिहविार कञ्चनरुप नगरपालिका वडा नम्बर ९ मा गर्भवति, सुत्केरी, बाढिपिडित, अपाङ्गता र अतिविपन्न भएका १ सय २५ परिवारलाई राहत वितरण गरेको छ ।
सो कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले महिला कानुन विकास मञ्चले कञ्चनरुप नगरपालिकामा आएर गर्भवति सुत्केरी, अतिविपन्न ,अपाङ्गता र बाढी पिडित परिवारलाई राहत वितरण गर्नु भनेको त्यो नै सबै भन्दा ठुलो धर्म रहेको बताउनु भयो । उहाँले विकास मञ्चका सम्पूर्ण परिवारलाई आभार प्रकट गर्दै धन्यवाद समेत दिनुभयो ।
नगरपालिकाले इमान्दारीपूर्वक काम गरेको हुँदा सहयोगी संस्थालाई निर्धक्कसँग अझैं राम्रा कार्यक्रमहरु सञ्चालन गर्न अमग्रह समेत गर्नुभयो ।

वडा नम्बर ९ र १२ का वडा अध्यक्षद्वय लक्ष्मण यादव, देवी बहादुर खत्रीले अति विपन्न परिवारलाई गति ठुलो राहत वितरण गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्न आफुहरुको तर्फ सहयोग रहने बताउनु भयो ।
विकास मञ्चका दिचेन लामा, धनबहादुर उराव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । विकास मञ्चकी निमा चोखालले गर्भवती सुत्केरी, अतिविपन्न, अपाङ्गता भएका व्यक्ति र बाडिपिडितहरुको दुखेको घाउमा मलम लगाउने उदेश्यका साथ राहत वितरण गरिएको बताउनुभयो ।
विकास मञ्चकी सप्तरी जिल्ला कोअर्डिनेटर अनिता कुमारी उरावले चामल ३० केजी, नुन २ केजी, मसला आधा केजी, दाल ३ केजी, खाने तेल २ लिटर, प्लेट चार थान, ३ लिटरको प्रेसर कुकर एक थान, कचौरा चार थान, चम्चा चार थान, गिलास चार थान, बाल्टिन एक थान, मग एक थान, लगाउने लुगाहरु म्याक्सि, सारी, पेटिकोट, चोलो, सल, झुन एक सेट, डिर्टरजेन्ट एक प्याकेट , नुहाउने साबुन छ पिस, प्यारा सिटामोल, सेनिटरी प्याड, डिटोल, ओआरसेस, वेटाडिन, माक्स, सेनिटाइजर एक सेट, झोला एउटा, टर्चलाइट एउटा, मोवाइल नोकिया (१०५) एउटा, एउटा भुसि चुलो एउटा तन्ना, चिया पत्ती एक प्याकेट, क्वाँटी एक केजी, चिनि दुई केजी, गरी जम्मा करिब १४ हजार मुल्य बराबरको प्रति परिवार राहत वितरण गरिएको बताउनुभयो ।

वडा नम्बर ९ का १ सय २० गर्भवती सुत्केरी, अतिविपन्न परिवार र वडा नम्बर १२ मा ५ अपाङ्गता भएका परिवारलाई राहत वितरण गरिएको उहाँले जानकारी गराउनु भयो ।
वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page