कलाकार मनोरन्जन

चर्चित साउथ स्टार पुनित राजकुमारको ४६ बर्षको उमेरमा निधन

चर्चित साउथ स्टार पुनित राजकुमारको ४६ बर्षको उमेरमा निधन भएको छ । आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । हृदयघातका कारण अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् ।
पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् । उनी सफल कलाकार राजकुमारका छोरा हुन् ।
उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page