समाज

सिरहाबाट अबैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

सिरहा । सिरहाबाट अबैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नम्बर ०९ बस्ने ६५ वर्षीय देव नारायण चौधरी रहेका छन ।
ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले चौधरीले संचालन गरेको किराना पसलमा अबैध लागूऔषध गाँजा बिक्री बितरण गरी रहेको अवस्थामा ९०० ग्राम लागूऔषध गाँजा सहित उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page