कञ्चनरुप ( सप्तरी ) । बड्ही जातिको जिल्ला भेला कञ्चनरुपमा सम्पन्न भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित एलिफेन्ट गार्डेन होटल एण्ड रिसोर्टमा नेपाल बड्ही युवा समिति सप्तरीको आयोजनामा आइतवार जिल्ला भेला सम्पन्न भएको हो ।
सो भेलाले संजय कुमार शर्माको संयोजकत्वमा १३ सदस्यीय कर्मचारी तथा बुद्धिजिवी जिल्ला कार्य समिति गठन गरेको छ ।
जसमा सह संयोजक, सचिव, कोषाध्यक्ष क्रमश : बद्री शर्मा, किशोर शर्मा, पप्पु शर्मा रहेका छन् भने सदस्यीयहरुमा परशुराम शर्मा, अशोक शर्मा, दिपक सुतिहार, जयनारायण शर्मा, सोनी शर्मा, पूनम शर्मा, शिवराम शर्मा, सुबन्स शर्मा रहेका छन् ।
त्यस्तै सल्लाहकार समितीमा ईश्वराज शर्मा, सत्यनारायण शर्मा, राजेन्द्र शर्मा, मुसहरु शर्मा , जय नारायण शर्मा र रवि शर्मा चयन भएका छन् ।

त्यसैगरी सप्तरी जिल्ला ठेगाना भई नेपाल सरकारको विभिन्न निकायमा सेवा गरि निवृत्त कर्मचारी तथा २०७७ सालको एसइइ परीक्षा उत्तिण गरेका वरही समुदायका सम्पूर्ण छात्र–छात्राहरुलाई सम्मान समेत गरिएको रवि शर्माले जानकारी दिए ।
कार्यक्रमको संचालन संजय शर्माले गरेका थिए भने जिल्ला संयोजक प्रमोद कुमार शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।










