शनिबार, २२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २२ कात्तिक २०८३
समाज

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीहरुलाई ब्याग वितरण

रामनारायण यादव /
राजविराज , २३ कार्तिक ।
कामना सेवा विकाश बैंक राजबिराज शाखाले बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।
बैंकको १५ औ बार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा तिलाठी कोईलाडी गाउँपालिका वडा नं ७ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय मंसापुरमा बाल कक्षामा अध्यनरत ५५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो ।
कामना सेवा विकास बैंक प्रदेश नं २ का प्रमुख राकेश सिंहले यस बैंकको बार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजबिराज शाखाले ब्याग वितरण गरी यस विद्यालयमा अध्यनरत दलित वस्तीका विद्यार्थीहरु उत्साह जाग्नुको साथै विद्यार्थीहरुको अध्यनमा थप टेवा पुग्ने बताए । साथै विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने यस्ता कार्यक्रमहरु भविष्यमा पनि गर्ने बताए ।
कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिकाका वडा नं ७ का वडा अध्यक्ष गुलाब प्रसाद सिंह, वडा सचिव शन्त लाल मंडल, वडा सदस्य राम नारायण साह,विद्यालयका प्रअ मदन मण्डलले बैंकले यस दलित वस्तीमा ब्याग वितरण गरेकाले बैंकलाई धन्यवाद दिएका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page