बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

१२ तोला सुनसहित करिव २० लाख ५० हजार रुपैयाँ बराबरको चोरी

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर –१२ स्थित रुपनगर चौकमा बिहीवार राती नगदसहित लाखौं धनमाल चोरी भएको छ ।
रुपनगर चौकमा रहेको मणिराज महतोको घर , हाडवेयर पसल र जय माँ दुर्गा पान भण्डारमा चोरी भएको हो ।
महतोको पसल तथा घरबाट ८ लाख ५० हजार नगद तथा १२ तोला सुन गरगहना गरि करिव २० लाख ५० हजार रुपैयाँ बराबरको चोरी भएको छ । पान भण्डारबाट ९० हजार बराबरको सामान समेत चोरी भएको पिडितले बताएका छन् ।

महतोको घरको मुल गेटको ताला फुटाई भित्र पसेर सुत्ने कोठामा रहेको दराज फोडि त्यसमा रहेको १२ लाख वरावको गरगहना साथै पसल पट्टिको भित्रि ढोका फोडी गल्लामा रहेको नगद ८ लाख ५० हजार चोरी भएको महतोले बताए । त्यसैगरी पान पसलको ताल्चा फोडी पसलमा रहेको रजनि गंधा, अमृत प्लस लगायतका सामानहरु चोरेर लगेको पसलका प्रोप्राइटर मनोज गुप्ताले बताए ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी कार्य हुनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page