समाज साहित्य / लेख रचना

प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान

राजविराज । प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
सप्तरीको राजविराजमा नेपाल पत्रकार महासङ्घ सप्तरीले मंगलवार आयोजना गरेको कार्यक्रममा नगद रु पाँच हजार राशिसहित ‘आजको वातावरण’ दैनिकका सम्पादक प्रकाशकसमेत रहनुभएका झालाई सम्मानपत्र प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहित पूर्वअध्यक्ष शिवहरिप्रसाद भट्टराई, विष्णु मण्डल, व्यासशङ्कर उपाध्याय र धीरेन्द्रप्रसाद साहले संयुक्तरूपमा पुरस्कार राशि तथा सम्मानपत्र प्रदान गर्नुभयो ।
स्मृति कोषका संस्थापक एवं नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष शिवहरिप्रसाद भट्टराईद्वारा स्व पिता मुक्तिनाथ भट्टराई र माता लक्ष्मी भट्टराईको स्मृतिमा तीन वर्षअघि पुरस्कार स्थापना गरिएको हो ।
राजविराजमा ०७५ पुस २६ गते एक कार्यक्रममा भट्टराईले स्व बुवाआमाको स्मृतिमा रु पाँच हजार राशिको पुरस्कारको घोषणा गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page