समाज

सप्तरीको मोहनपुरमा विग्रि रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

सप्तरी , २ मंसिर । सप्तरीको शम्भुनाथ नगरपालिका ५ स्थित मोहनपुरमा गएराती विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक जिल्लाको डाक्नेश्वरी नगरपालिका १ कविलासका २८ वर्षीय भुपेन्द्र चौधरी रहेका छन ।
ना ५ ख ८०१० नम्बरको विग्रिएर रोकी राखेको बसमा प्रदेश २–०१–००१ प २९७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरले बससहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page