स्वास्थ्य

देशभर आज ३ सय ८५ जनामा कोरोना संक्रमण , ४ जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ९७ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ३ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २ सय ५८ संक्रमित निको भएका छन् । हालसम्म ९७.७ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
त्यस्तै कोरोना संक्रमण कारण आज थप ४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय पुगेको छ ।
देशभर ७ हजार २ सय ६९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page