स्वास्थ्य

थप ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार १ सय ७४ नमुनाको परीक्षण गर्दा ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज २ सय ७३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।
त्यसैगरी कोरोना सङ्क्रमणका कारण आज ९ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page