स्वास्थ्य

थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि , ४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय २० नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज २ सय ३२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।
आज थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय १३ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page