समाज

सप्तरीका दुई युवक उदयपुरको चौदण्डिगढीबाट गाँजासहित पक्राउ

सप्तरीका दुई जना युवक उदयपुरको चौदण्डिगढी नगरपालिका ४ नमुना चौकबाट गाँजासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका ९ कमलपुर का २९ वर्षीय जिवछ मण्डल र १९ वर्षीय रुपेश कुमार सरदार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले बुधवार बेलुका स ११ प ९७९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्दा ६ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बेल्टारले मोटरसाईकलसहित दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page