कलाकार

नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भईन्

नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी २.४१ जिपिए ल्याएर उत्तीर्ण भएकी हुन् ।
उनले दुई विषयमा ए प्लस ग्रेड ल्याउँदै समग्र परीक्षा उत्तीर्ण गरेकी हुन् ।
नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् । उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।
राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page