समाज

राजविराज जेसीजद्वारा दलित वस्तीका ४५ छात्रछात्राहरूलाई पाठ्यपुस्तक वितरण

राजविराज, मंसिर १७ गते । राजविराज जेसीजले ‘जेसीज सप्ताह २०२१’ अन्तर्गत शुक्रवार राजविराजका ४५ जना दलित छात्रछात्राहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ ।
चौथौ दिन राजविराज नगरपालिका वडा नं. ९ स्थित विहारपुरका दलित वस्तीका सरकारी विद्यालयमा पठनपाठन गरिरहेका ४५ जना छात्र तथा छात्राहरूलाई पाठ्यपुस्तक सामग्री वितरण गरेको हो ।
सो कार्यक्रममा राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेडले पाठ्यपुस्तक पाएपछि विद्यार्थीहरुलाई पठनपाठनमा थप बल मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राजविराज जेसीजका कोषाध्यक्ष उज्ज्वल काबरा, कार्यकारी उपाध्यक्षद्वय मनिस दास र रन्जना चौधरी, उपाध्यक्षद्वय पंकज देव र रवि राय तथा च्याप्टर एडिटर विप्लव आनन्दको सहभागिता रहेको थियो भने स्थानीय व्यवसायी तथा समाजसेवी मो. जालम खान लगायत सम्पूर्ण टोलवासीले कार्यक्रम सफल बनाउन आफ्नो योगदान दिनुभएको थियो ।
कार्यक्रम समाप्तिपछि त्यहाँ उपस्थित रहेका महिलाहरूलाई राजविराज जेसीजकै तर्फबाट एक एक थान स्यानिटरी प्याड वितरण गरिएको थियो ।
महिलाहरूलाई स्यानिटरी प्याडको उपयोगिताको बारेमा जेसीजकी कार्यकारी उपाध्यक्ष रन्जना चौधरीले बताउनु भएको थियो ।
जेसीज सप्ताहको पाचौँ दिन भोली राजविराज जेसीज भवनमा पंकज देवको संयोजनमा ‘एडभान्स योगा शिविर’ सञ्चालन गरिनेछ ।
साप्ताहिक कार्यक्रमको छैठो दिन महेन्द्र बिन्देश्वरी क्याम्पसमा जेसिस जनचेतना, सातौ दिन अन्तर विद्यालय बादविबाद प्रतियोगिता हुने कार्यक्रम मुल संयोजक रवी रायले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page