समाज

नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजद्वारा केअ.माध्यमिक विद्यालयको अनुगमन

राजविराज , २९ मंसिर । नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजले आज बुधबार राजविराजस्थित केअ माध्यमिक विद्यालयको अनुगमन, निरीक्षण गरेको छ ।
विद्यालयमा शौचालय, स्वास्थ्यकर्मी नर्स, छात्रामैत्री वातावरण, खाजा व्यवस्था, कोभिड १९ बाट सुरक्षा आदीबारे समूहले विद्यालय प्रशासनसँग जानकारी लिएको छ ।
विद्यालयको भौतिक पुर्वाधार, विद्यार्थीहरुको पठनपाठन, सेनेटरी प्याड, प्राथमिक उपचार र औषधिबारे जानकारी लिएको समूहले निरीक्षण गर्दा विद्यार्थीहरुका लागि राखिएको औषधिहरु म्याद गुज्रिएको फेला परेको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताए ।

म्याद नाघेका औषधि विद्यालयबाट तुरुन्त हटाउन र आवश्यक गुणस्तरीय औषधिहरु राख्न निगरानी समूहले नर्स रिंकी यादवसँग आग्रह गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित समूहले सहायक प्रधानाध्यापक निलम मिश्र र शिक्षकहरुसँग विद्यालयको अवस्था र समस्याका बारेमा समेत अन्तरक्रिया गरेको छ ।
सो अनुगमन टोलीमा इन्सेक सदस्य बैद्यनाथ झा, समूहका कोषाध्यक्ष पुनम पोखरेल, सदस्यहरु राधा अर्याल, सीतादेवी यादव, पुनिता कर्ण र सहजकर्ता दिपक यादव रहेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page