समाज

सप्तरीमा माछालाई चारो हाल्ने क्रममा पोखरीमा डुवेर ५२ वर्षीय चौधरीको मृत्यु

साँकेतिक तस्बिर

कञ्चनरुप (सप्तरी), ६ पुष । सप्तरीमा माछालाई चारो हाल्ने क्रममा पोखरीमा डुवेर ५२ वर्षीय चौधरीको मृत्यु भएको छ ।
जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ स्थित ईटहर्वामा ५२ वर्षीय बाबुनन्द चौधरी आफ्नै पोखरीमा मंगलबार डुवेको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
चौधरी सोमबार ३ बजे पोखरीमा माछालाई चारो हाल्ने भनी घरबाट निस्किएका साँझसम्म घर नफर्केपछि, पोखरी लगायत अन्य सबै ठाउँमा रातभर खोजतलास गरिएको थियो । ।
खोजी गर्ने क्रममा मंगलवार विहान ८ बजे पुन पोखरीमा हेदा चौधरीको शव डुबेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चौधरीको शवलाई आवश्यक प्रक्रिया पूरा गरी परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याएको तथा घटनाबारे थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page