समाज

टिप्परको ठक्करबाट मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु

खगेन्द्र कार्की
फत्तेपुर, ११ पुस ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१ का २५ वर्षीय गंगाराम चौधरी रहेको ईलाका प्रहरी कार्यलय बेल्टारले जानकारी दिएको छ ।
आइतबार बिहान ९ बजे चौदण्डीगढी–५ गाइघाट सडक खण्डमा प्रदेश १–०२–००१ क ३८९६ नम्बरको टिप्परले स१०प ८७९८ नम्वरको मोटरसाइकल चालकलाई ठक्कर लागेर दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
सोही मोटरसाइकल पछाडि सवार निजको श्रीमती २४ वर्षीया संगीता चौधरी समेत घाइते भएको र फत्तेपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पर र चालक सुनसरी हरिपुर गाउँपालिका–८ का सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page