समाज

सप्तरी प्रहरीद्वारा ठुलो परिमाणमा लागूऔषधसहति २ जना पक्राउ

कञ्चनरुप (सप्तरी), ११ पुष । सप्तरी प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहति २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बसको सहचालक सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ८ बस्ने राम बहादुर भुजेलको छोरा वर्ष ३६ को संजय भुजेल र बोदेबरसाईन नगरपालिका वडा नम्वर ५ जाँजर बस्ने मो. समिम मियाँको छोरा वर्ष २१ को मो. अब्दुल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेल गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

राजबिराजको रात्री बसबाट ठुलो परिमाणमा लागुऔषध काठमाण्डौ तर्फ ओसार पोसार गर्दै छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले राजविराज नगरपालिका वडा नम्वर २ स्थित हिमालय राईस मिल गुलाब ग्यारेज अगाडी ना. ८ ख. ५८३७ नम्बरको बिशाल मेट्रो नाम गरेको बस पार्कीङ गरी राखेको अवस्थामा चेक जाँच गर्दा उक्त परिणामको लागुऔषध बरामद भएको सप्तरीका एसपी अविनारायण काफ्लेले बताए ।
बसको डिकिमा बोराभित्र लागुऔषध भेटिएपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले बसबाट नाईटेभेट १० लेखिएको ७० पत्ता २ हजार १ सय ट्यावलेट, एसपीएम पाइरोक्सभेन क्यापसुल २ सय ८८ थान र डाईलेक्स डीसी १०० एमेल ३ सय ९९ थान बोतल लागुऔषध बरामद गरेको छ ।
पक्राउ परेका दुबैजनालाई लागुऔषध सम्बन्धीमा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी अनुसन्धान भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page