समाज

सप्तरी प्रहरीद्वारा ८.५ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ

कञ्चनरुप । सप्तरी प्रहरीले ८.५ ग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको धनगढीमाइ नगरपालिका वडा नम्बर ११ शान्तीपुरका ३० वर्षीय दिपेन्द्रकुमार महतो र लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ३ महेशपुरका २५ वर्षीय परमानन्द साह रहेका छन् ।
प्रहरीले शुक्रवार बेलुका हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित भारदहबाट ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरुको साथबाट खैरो हिरोईन (ब्राउन सुगर) ८.५ ग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page