समाज

सितापुर कलौनी बजारमा बस विसौनी निर्माण गर्ने सहमति, स्थानीयद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

बृजमान तामाङ /
राजविराज, २८ माघ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सितापुर कलौनी बजारमा बस विसौनी निर्माण गर्ने सहमति भएपछि स्थानीयबासीले आन्दोलन स्थगीत गरेका छन् ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाको कार्यालयमा शुक्रबार सडक निर्माण परियोजना प्रमुख र स्थानीय विच भएको दुईपक्षिय सहमति पश्चात स्थानीय बासीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
सडक डिभिजन परियोजना प्रमुख निरज शर्मा र स्थानीयबासी विच भएको बार्तामा कलौनी सितापुर बजारमा बस बिसौनी निर्माण गर्ने र छलाईनको सडक निर्माणका लागि तत्कालै प्रक्रिया अगाडी बढाउने सहमति भएको ईटहर्वा बजार ब्यबस्थापन समिती सितापुर कलौनीका अध्यक्ष मिलन चौधरीले जानकारी दिए ।
बसविसौनी सहित छलाईनको सडक निर्माण हुनुपर्छ भन्ने हाम्रोतर्फबाट प्रस्ताव अगाडि बढायौ, अध्यक्ष चौधरीले भने, सडक डिभिजन परियोजना प्रमुखका तर्फबाट हामिले उठाएको माँगलाई सकारात्मक रुपमा लिदै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सहज बाताबरणमा सहमतिमा पुग्यौं । दुईपक्षिय सम्झौता पछि तत्कालका लागि आन्दोलन स्थगित गरिएको उनले बताए । सम्झौता कार्यान्वयन नभए थप सशक्त आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी समेत दिए ।

बार्तामा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, पत्रकार बृजमान तामाङ, एमाले नेता तथा साविक सितापुर गाविस उपाध्यक्ष योगेन्द्र प्रसाद चौधरी, माओवादी नेता बेचन प्रसाद चौधरी, जसपा नेता श्याम कुमार चौधरी, चाईना रेल्वे कम्पनीका सम्पर्क प्रमुख सुन लियाङ थोङ, परियोजनाका प्रविधिकहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु , बजार ब्यबस्थापन समितिका पदाधिकारी लगायतका स्थानीय बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।
जिल्लाकै पुरानो बजारमा बसविसौनी र छलाईन सहितको सर्भिस रोड कटौती गरेको भन्दै स्थानीय बासि आन्दोलनमा उत्रिएका थिए । सरोकारवाला निकायमा पटकपटक ध्यानाकर्षण गराउदा समेत सुनुवाइ नभएको भन्दै स्थानीयबासिले सडक निर्माणको काम अबरुद्ध गर्दै चाईना रेल्वे कम्पनीको सवारी साधान विहिबार नियन्त्रणमा लिई विरोध प्रदर्शन गरेका थिए ।
गाउँपालिका समेतले समस्या समाधानमा बेवास्ता गरेको भन्दै आक्रोसित स्थानीयबासिद्वारा गाउँपालिका अगाडि धर्ना बसेर जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।
कंचनपुर कमला सडक परियोजना अन्तर्गत चारलेनको बाटो निर्माणको ठेक्का चाईना रेल्वे कम्पनीले लिएको छ । परियोजनामा बजार चौक लगायतका स्थानमा आबश्यकता अनुसारको बसबिसौनी र छ्लाईनको सर्भिस रोड निर्माण गर्ने योजना रहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page