समाज

एमालेका संगठित सदस्य स्व. खड्काको बार्षिक पुण्यतिथीको अवसरमा पार्टीद्वारा श्रध्दाञ्जली सभाको आयोजना

डम्बर राई
कञ्चनरूप,१ फाल्गुन ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका संगठित सदस्य स्वर्गिय रण बहादुर खड्काको बार्षिक पुण्यतिथीको अवसरमा पार्टी वडा कमिटीले श्रध्दाञ्जली कार्यक्रम गरेको छ ।
गतबर्ष फागुन १२ गतेका दिन असामयिक निधन भएका खडकाको मरोणाप्रान्त पार्टी संगठित सदस्य प्राप्त भएकोले स्वर्गवासको बार्षिक तिथीको अवसरमा श्रध्दाञ्जली कार्यक्रमको आयोजना गरिएको हो ।
बुवा जगत बहादुर खड्का र आमा पदममायाको कोखबाट जेष्ठ पुत्रको रुपमा २०१७ साल भदौ ६ गते तनहुँ जिल्लामा जन्म भई सप्तरीमा घरजम गरेर लामो समयदेखि बसोवास गर्दै आउँनुभएका स्व. खड्का पार्टीले तोकेको एवं दिइएको जिम्मेवारीलाई पूरा गर्ने अनुशासित र कुसल कार्यकर्ता हुनुहुन्थ्यो सो समारोहमा वक्ताहरुले चर्चा गरे ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सदस्य तथा नगर प्रमुख बसन्त कुमार मिश्रले खड्काको निधनले पार्टीलाई मात्र नभई सिङ्गो गाउँलाई क्षति पुगेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, सम्झनामा कुनैपनि पार्टी होस वा संघ संगठन यसरी श्रध्दाञ्जली कार्यक्रम गरिन्छ अनी मृतकको गुनगान गरिन्छ तर यहि चर्चा जीवितमै गरिन्थ्यो भने उहाँको हौसला र साथ सहयोगले एउटा उर्जा प्राप्त गर्दथ्यो । त्यसैले जसले राम्रो काम गर्दछ उसको जीवित अवस्थामै ईज्जत एवं कदर गर्न पछाडी पर्नुहुन्न भन्दै मिश्रले सुझाव समेत दिनुभयो ।
कञ्चनरुप नगरपालिका १२ शिवमन्दीर टोल स्थित मृतक खडकाको नीज निवासमा आइतबार बिहान आयोजित कार्यक्रममा प्रदेश, जिल्ला, नगर र वडा कमिटीका जिम्मेवारहरुको सहभागिता रहेको थियो । पार्टी वडाध्यक्ष दील बहादुर थापाको अध्यक्षता रहेको सो कार्यक्रम नगर सचिव केवल खत्रीले संचालन गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page