काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँको बुधबार बिहान निधन भएको हो ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गर्नुभएको थियो ।
उहाँले थुप्रै मौलिक लोकगीत गाउनु भएको छ । उहाँका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।
पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनु भएको थियो ।




Add Comment