समाज

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने भक्त बहादुर पक्राउ

काठमाण्डौ । प्रहरीले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने ब्यक्तिलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा उदयपुर कटारी घर भई हाल काठमाण्डौ बुढानीलकण्ठ नगरपालीका वडा नं. १३ स्थित चुनिखेलमा डेरा कोठा गरी बस्ने बर्ष २१ को भक्त बहादुर थापा रहेका छन ।
बिहीबार घरायसी बिबादको कारणले भक्त बहादुरले २४ वर्षीय श्रीमती लक्ष्मी तामाङ (थापा) लाई धारिलो हतियार (मासु काट्न प्रयोग हुने दाउ) ले घाटीको अगाडी भागमा प्रहार गरी हत्या गरेको हो ।
सख्त घाइते बनाई फरार रहेको भन्ने सूचना प्राप्त भए लगतै महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली परिचालन भई उक्त प्रहरी टोलीद्वारा घटनास्थलबाट घाइते लक्ष्मी थापालाई उपचारको लागि काठमाण्डौ बुढानीलकण्ठ नगरपालीका वडा नं. १३ चुनिखेलस्थित करुणा अस्पतालमा लगी उपचार गराइएकोमा उनको उपचारकै क्रममा बिहीबार राति ११ः४० बजे निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीले धारिलो हतियार प्रहार गरी फरार रहेको मृतकको श्रीमान भक्त बहादुरको पहिचान तथा खोज तलास गर्ने क्रममा घटनास्थल नजिकैबाट निजलाई धारिलो हतियार दाउसहित नियन्त्रणमा लिइएको छ ।
घटनाको सम्बन्धमा थापा उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसूर अपराधमा महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page