समाज

सामाजिक सञ्जालको असरबारे विद्यार्थीहरुलाई अभिमुखिकरण

राजविराज, चैत १५ गते । सप्तरीको राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालय राजविराजमा मंगलवार सामाजिक सञ्जालले बिद्यार्थीमा पारेको असर सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना, नगरस्तरीय मानव अधिकार निगरानी समूहको सहकार्य र पबिमाविको समन्वयमा “सामाजिक सञ्जालले बिद्यार्थीमा पारेको असर र जोगिने उपाय”का बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रशिक्षक इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले सामाजिक सञ्जाल प्रयोग गर्ने कि प्रयोग हुने कुरामा सबैले विचार पु¥याउनु पर्ने बताए । सामाजिक सञ्जालप्रतिको आकर्षण र मोहले प्रयोगसँगै दुरुपयोगको क्रम बढेकोले जीवनलाई आक्रान्त पारेको भन्दै उनले नकारात्मक असरले सामाजिक र पारिवारिक विचलनसँगै व्यक्तिमा संवेगात्मक विचलन हावी भैरहेकोमा चिन्ता व्यक्त गरे ।

‘विभिन्न सूचना र जानकारी पाइने इन्टरनेटमार्फत स्क्रिनमा धेरै समय बिताउँदा युवा जमातमा लत बढेको छ, समय र धनकोे बर्बादीसँगै स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारेको छ ।’ पोखरेलले भने– ‘बालबालिकाको विकासका लागि परिवारसँगको कुराकानी महत्वपूर्ण हुने भएपनि बालबालिकाहरु सामाजिक सजालमा घण्टौ समय बिताउन एकान्त मन पराउन थालेका छन् । सञ्जाललाई बढी समय दिदा परिवारसँगको सम्वाद कम भएको छ र कृतिम सम्बन्धले बढी महत्व पाएको छ ।’
इन्टरनेट बिना बाँच्नै नसक्ने विश्व परिवेशमा सामाजिक सञ्जालमा आएका सामाग्रीमध्ये के हेर्ने, के पढने, के शेयर गर्ने र के लेख्ने भन्ने प्रश्न चेतनशील मानिसले स्वयम्सँग गरिरहनु पर्ने पोखरेलले बताए ।

बिद्यार्थीहरुले सूचनाको प्राविधिक पक्षको महत्व र सामाजिक सञ्जालले पार्ने सामाजिक प्रभाव र असरबारे छलफल गर्दै जिज्ञासाहरु राखेका थिए ।
मानव अधिकार निगरानी समूहका सचिव दिनानाथ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक गिरीराज पौडेल र इन्सेक इएलपी परियोजनका सहजकर्ता दिपक यादवको सहभागिता रहेको थियो ।
बाल अधिकार चेतना समूहको कार्ययोजना अनुसार भएको अभिमुखिकरण कार्यक्रममा कक्षा ८, ९ र ११ का १ सय ३१ बिद्यार्थीको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page